सर्वनाममा गुञ्जिए चार कवि

नेपाल लाइभ

Nepal Live

काठमाडौं– शनिबार सर्वनाम थिएटरमा कविताका साथ चार कवि उभिए।

आभा फर क्रियटिभिटीले आयोजना गरेको 'आभा काव्य लहर–३' मा कवि डा देवी नेपाल, मनोज बोगटी, बिपी अस्तु र सुरज पराजुलीले  बोनस कवितासहित ६/६ कविता वाचन गरेका थिए। 

कवि डा देवी नेपालले युवा, परिवर्तन, छोरीलाई आह्वान, सुन्दर प्रकृति र भव्य संस्कृति र मित्रलाई सन्देश लगायतका छ वटै छन्द कविता वाचन गरे।

उनले कवितामार्फत् देशप्रेम, राष्ट्रिय एकता र देश निर्माणमा युवा वर्गलाई आह्वान गरेका थिए। 

दार्जिलिङका कवि मनोज बोगटीले भने काफरे अमेरिकका,  माकुरा र भोक, ईश्वर, कान, नायक, मलाई पनि तिम्रो सम्झना आउँछ लगायतका कविता वाचन गरे।

उनले प्रगतिशील र क्रान्तिचेत भएका कविताबाट सुरु गरी अन्त्यमा प्रेम कविताबाट टुंग्याएका थिए।

त्यसैगरी नयाँ पुस्ताका कवि बिपी  अस्तुले विन्दु, समृद्धी, नगरिकता शिविरमा मघुलाल, नखस्नु र  हामी त पिरती लाउथ्यौं लगायतका कविता वाचन गरे।

कवि अस्तुका कवितामा सुदूरपश्चिमको दु:ख र थारु संस्कृतिको सुगन्ध भेटिन्थ्यो। 

नयाँ पुस्काकै अर्का कवि  सुरज पराजुलीले महेश्वा के पान,  आह्वान,  तरकारी, मुसहर बस्ती, चुपलाग्जस्ता कविता वाचन गरे।

पराजुलीको कविताले मधेस र मधेसी जनजीवन समेटेको थियो। 


 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने