गुराँस लाइफ इन्स्योरेन्सले ८ प्रतिशत शेयर लाभांश दिने

नेपाल लाइभ

Nepal Live

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ बराबरको ८ प्रतिशतले हुन आउने ४ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

यस्तै नेपाल स्टक एक्सचेन्जमा आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। सो संस्थाको ५० प्रतिशत हकप्रद सेयर वितरणपछि प्रतिकित्ता ६ सय ४३ रुपैयाँमा मूल्य समायोजन गरिएको हो। संस्थाको औसत सेयर मूल्य ८ सय ९७ रहेको छ। रासस

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने