कर्मचारी कुट्दैमा संघीयता सफल हुँदैन : नेता जोशी

नेपाल लाइभ

Nepal Live

धनुषा- कांग्रेस नेता नवीन्द्रराज जोशीले प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिटको घटना आपत्तिजनक रहेको बताएका छन्।

नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने बताए। उनले संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको आरोप लगाए। 

‘प्रदेश सरकार दमनकारी मानसिकताबाट प्रताडित भएको छ। सचिव झालाई कुट्नु अपराध हो। उनले जे जस्ता कुरा गरे पनि कुट्नु त अपराध नै हो,’ नेता जोशीले भने। 

उनले संविधानले आम नागरिकको स्वाभिमान, व्यक्तिगत भावनाको कदर र व्यक्तिको सुरक्षा गर्नुपर्नेमा सचिव जस्ता कर्मचारीलाई मन्त्रीले कुटेर दमन, अपहेलना, अपमान र संविधानको मर्मविपरीत भएको दाबी गरे।

नेता जोशीले कांग्रेस नेताका नाममा रहेका अस्पतालको नाम परिवर्तन गरिए सरकारविरुद्ध कडा प्रतिवाद गर्ने जनाए।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने