एसवाई  नेपालको जिम्मा दोङ लाई  

नेपाल लाइभ

Nepal Live

काठमाडौं– दक्षिण कोरियाली कम्पनी एसवाई प्यानल नेपालले आफ्नो प्रबन्ध निर्देशकमा छोई दोङ इललाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै बसेको बैठकले उनलाई नेतृत्व दिएको हो।  

यसअघिका प्रबन्ध निर्देशक पार्क जंग सकको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका सञ्चालकहरुले उनको स्थानमा दोङलाई नियुक्त गरेका हुन्। दोङले नेपाल प्रमुख कार्यभार सुरु गरिसकेका छन्। 

दोङ एसवाई कोरियाका  कम्पनी योजना शाखाका कार्यकारी निर्देशक पनि हुन्। नवनियुक्त प्रमुखलाई एसवाई नेपालका कर्मचारीले स्वागत गरेका थिए।

कोरियाली प्रविधिमा छाना, वाल, युपिभिसी झ्याल, स्टिलको ढोका उत्पादन गरिरहेको  कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष १ सय नेपालीलाई रोजगारी प्रदान गरेको छ। कोरियाबाट काम गरी फर्केका युवाहरुलाई कामदारका रुपमा विशेष प्राथमिकता दिइएको छ।

चितवन पिठुवामा कारखाना सञ्चालन गरिरहेको सो कम्पनीले नेपाल सरकारबाट ७२ करोडको अधिकृत पुँजी स्वीकृति प्राप्त गरेको छ।
 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने