सरकारविरुद्ध कांग्रेसको खबरदारी सभा बुटवलमा हुँदै

नेपाल लाइभ

Nepal Live

काठमाडाैं- प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा सरकारको विरुद्धमा खबरदारी सभा गर्न लागेको छ। 

वर्तमान सरकारको ११ महिने कार्यकाल असफल रहेको जनाउँदै कांग्रेसले बृहद सभा गर्न लागेको नेताहरुले बताएका छन्।

सभालाई संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल, मानबहादुर विकले सम्बोधन गर्नेछन्।

सभाअघि जनप्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। बुटवलकाे चौराहाबाट सुरु हुने प्रदर्शन हाटबजार हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुने छ। बुटवल जिल्ला समितिले सभा आयोजना गर्न लागेको हो।

सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको जनाउँदै खाँडले संघीयताको अनुभत हुन नसकेको अवस्थामा सरकारलाई सभामार्फत दबाब दिने बताए। ‘प्रदेश र राजधानी तोक्न सरकारले सकेको छैन। कर्मचारीलाई तर्साइएको छ। महँगी बढेको छ’, उनले भने, ‘सरकारलाई खबरदारी सभा हो।’

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने