विदेशमा लुकाइएको सम्पत्ति जफत गर्न कमल थापाकाे माग

नेपाल लाइभ

Nepal Live

काठमाडौैैं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीहरुले गैर कानुनीरुपमा विदेशमा रकम लुकाइरहेको विषयमा सरकार र सम्बद्द निकायले छानविन गर्नुपर्ने माग गरेका छन्। ५५ जना नेपालीले विदेशमा करिब ५४ अर्व रुपैयाँ गैर कानुनीरूपमा लुकाई छिपाइ राखेको समाचार सार्वजनिक भएसँगै थापाले यस्तो माग गरेको हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले शंकास्पद व्यक्ति तथा संस्थाको बैंक खाता तत्काल रोक्का गर्न पनि माग गरेका छन्। अवैध सम्पत्ति जफत गर्न र संलग्नलाई कारबाही गर्न वर्तमान सरकार र संसदले पनि सशक्त कदम उठाउनुपर्ने माग गरेका छन्। थापाले भनेका छन्, अवैध सम्पत्ति जफत गर्न र अपराधीलाई कारवाही गर्न प्रम केपी शर्मा ओलीले दह्रो कदम चाल्ने आशा गर्छु।’

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने