नेविसंघको कार्यकाल थपिएकोमा देउवा निवासमा धर्ना

नेपाल लाइभ

Nepal Live

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक नेविसंघका कार्यकर्ताले संघको कार्यकाल बढाइएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा निवासमा धर्ना दिएका छन्। 

वर्तमान कार्यसमितिको समयावधि तेस्रो पटक एक साता बढाइएको थियो। वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्नै नसक्ने भन्दै पौडेल पक्षले तदर्थ समितिमा जोड दिएको छ। 

पौडेल नजिक रहेका नेविसंघका ४५ केन्द्रीय सदस्यले गत साता राजीनामा बुझाएका थिए। त्यसअघि सभापति देउवा पक्षका ७ विद्यार्थी नेताले राजीनामा बुझाएका थिए। 

वर्तमान कार्यसमितिको दोस्रो पटक बढाइएको कार्यकाल बुधबार सकिएको थियो।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने