गोली प्रहारबाट घाइते सप्तरीका प्रहरी हवल्दारलाई काठमाडौं लगियो

दिनेश शर्मा

Nepal Live

प्रतीकात्मक तस्बिर


सप्तरी– गोली प्रहारबाट घाइते भएका इलाका प्रहरी कार्यालय कल्याणपुरका हवल्दार महेन्द्र प्रताप यादवलाई आज थप उपचारका लागि काठमाडौं लगिएको छ।

उनलाई बिहान १० बजे काठमाडौं पठाइएको र महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको सप्तरीका डिएसपी भावेश रिमालले बताए।

हिजो साँझ साढे ८ बजेको समयमा खडक नगरपालिका–८ विशनपुर चोकमा मोटरसाइकलमा आएका २ व्यक्तिको समूहले गोली प्रहार गरी फरार भएका थिए।

गोली प्रहार गरेर उनीहरू बाेदेबरसाइनतिर भागेको र मोटरसाइकलको नम्बर भने खुल्न नसकेको प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।

यादवलाई घटनालगत्तै विराटनगर न्युरो अस्पताल लगिएको थियो। 

घटनाको जिम्मेवारी प्रगतिशील तराई मुक्ति मोर्चाका सेनापति निशान भन्नेले लिएका छन्। घटनास्थलमा मोर्चाको पर्चासमेत भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने