चलचित्रबारे जानकारी दिन ‘फिल्मी फुच्चे’ एप सार्वजनिक

नेपाल लाइभ

Nepal Live


काठमाडौं– चलचित्रप्रेमीहरुलाई लक्षित गर्दै नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रबारे सम्पूर्ण जानकारी समेटिएकाे  ‘फिल्मी फुच्चे’ एप सार्वजनिक भएको छ। 

उक्त एपमा मनोरञ्जन क्षेत्रका सम्पूर्ण ताजा समाचार, प्रदर्शनमा आएका र आउने चलचित्रबारे जानकारी, चलचित्र समीक्षा समेटिएको छ। एप्समा बक्स अफिस कलेक्सन, ट्रोललगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ। एपमा कुनै चलचित्रको ट्रेलर या गीत सार्वजनिक भएलगत्तै अपडेट हुने जनाइएको छ। त्यसबाहेक एपमा नेपाली चलचित्रप्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह पूरा गर्न सम्पूर्ण विदेशी चलचित्रलाई पनि समावेश गरिएको छ। एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउन लागेका सबै चलचित्र सम्बन्धी जानकारी 'फिल्मी फुच्चे' एपमा एकैठाउ भेट्न सकिनेछ।

अहिले गुगल प्ले स्टोरबाट एनड्रोईड प्रयोगकर्ताले मात्र फिल्मी फुच्चे डाउनलोड गर्न मिल्ने निर्माण कम्पनीले जनाएको छ।  केही समयमै आइफोन प्रयोगकर्ताका लागि पनि एप सार्वजनिक गर्ने जनाइएको छ। 
 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने